काठमाडौं। निवर्तमान उपसभामुख डा. शिवमाय तुम्बाहाङफेले संसदलाई प्रणालीगत रूपमा अघि बढाउने विषयमा आफूले बाजी मारेको दाबी गरेकी छन्।
उपसभामुखबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “मैले बाजी मारेँ। आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु।”
उनले आफूलाई राजीनामा नगर्न र सभामुखका लागि दाबी गर्नुमा कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको समेत स्पष्ट पारिन्।
“मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन। मेरो व्याकअपमा संविधान थियो”, उनले भनिन्।
सभामुखमा दाबी नछाड्न उनलाई राष्ट्रपतिको संरक्षण रहेको चर्चा चलेको थियो। पत्रकार सम्मेलनमार्फत् उनले यसको खण्डन गरिन्।
तुम्बाहाङफेले आफूले कसैले भनेर राजीनामा नगरेको पनि स्पष्ट पारिन्। उनले भनिन्, “मैले जे बोलेँ त्यो पुर्याएँ। नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ।”
तुम्बाहाङ्फेले आफूले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको बताइन्।
संसदको ठूलो पार्टीले सभामुखको उम्मेद्वारको टुंगो लगाएकाले आफूले आज मात्रै राजीनामा दिएको स्पष्ट पारिन्।
तुम्बाहाङफेले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन्। उनले भनिन्, “सभामुखको उम्मेद्वारको दाबी गरेँ। यो अस्वभाविक होइन। स्वभाविक हो।”
पत्रकारहरूले पटक–पटक आफूलाई राजीनामा कहिले दिने? भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरूका कारण उर्जा मिलेको पनि उल्लेख गरिन्।
तुम्बाहाङफेले मुलुकमा पितृसंस्था सोंच मात्रै नभई संस्थागत रूपमा जरा गाडेर बसेको टिप्पणी गरिन्।
" /> काठमाडौं। निवर्तमान उपसभामुख डा. शिवमाय तुम्बाहाङफेले संसदलाई प्रणालीगत रूपमा अघि बढाउने विषयमा आफूले बाजी मारेको दाबी गरेकी छन्।उपसभामुखबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “मैले बाजी मारेँ। आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु।”

">