कैलाली। करीब ६ महीनापछि बसेको सुदूरपश्चिम प्रदेश सभामा एम्बुलेन्स खरिद्को विषयले प्रवेश पाएकाे छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले एम्बुलेन्स खरीदको विषयमा प्रदेश सभामार्फत् सत्यतथ्य छानबिनका लागि माग गरेको छ।
सामाजिक विकास मन्त्रालयले गरेकाे एम्बुलेन्स खरीदको विषयमा धेरै कुरा उठेकाले छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको हाे। प्रदेश सभा बैठकमा बोल्दै कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारका केही मन्त्री 'बिना लगामको घोडा'जस्तै भएको आरोप लगाए। दुई वर्षसम्म सरकार असफल रहेको जिकिर गर्दै नेता रावलले सामाजिक विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मनपरी भइरहेको बताए।
प्रदेश सभाको अर्को बैठक भोलि, ७ माघ मध्याह्न १२ः१५ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भन्दै सामाजिक विकास मन्त्रालयले करोडौं रूपैयाँ अनियमितता गरेको आरोप लागेकाे छ।
" /> कैलाली। करीब ६ महीनापछि बसेको सुदूरपश्चिम प्रदेश सभामा एम्बुलेन्स खरिद्को विषयले प्रवेश पाएकाे छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले एम्बुलेन्स खरीदको विषयमा प्रदेश सभामार्फत् सत्यतथ्य छानबिनका लागि माग गरेको छ।सामाजिक विकास मन्त्रालयले गरेकाे एम्बुलेन्स खरीदको विषयमा धेरै कुरा उठेकाले छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको हाे। प्रदेश सभा बैठकमा बोल्दै कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारका केही मन्त्री 'बिना लगामको घोडा'जस्तै भएको आरोप लगाए। दुई वर्षसम्म सरकार असफल रहेको जिकिर गर्दै नेता रावलले सामाजिक विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मनपरी भइरहेको बताए।
प्रदेश सभाको अर्को बैठक भोलि, ७ माघ मध्याह्न १२ः१५ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
काम नलाग्ने र थन्किएका पुरानो मोडेलका मिनि ट्रकलाई अत्याधुनिक एम्बुलेन्स भन्दै सामाजिक विकास मन्त्रालयले करोडौं रूपैयाँ अनियमितता गरेको आरोप लागेकाे छ।
">