एक वर्षमा १३ हजारले लिए झापामा नागरिकता
काठमाडौं। जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७र७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएअनसार १३ हजार नागरिकता लिनेहरूमध्ये १२ हजार ८४३ जनाले वंशज र १८२ जनाले वैवाहिक अङ्गीकृतका आधारमा नागरिकता लिएका हुन्। त्यस्तै, यस वर्ष जिल्लामा विभिन्न शीर्षकमा तीन करोड ४९ लाख ५५ हजार २५० रुपैयाँ राजश्व सङ्कलन भएको छ।
प्रतिक्रिया दिनुहोस्