पेगासस स्पायवेयर आतंकः फ्रान्सका राष्ट्रपतिले फेरे मोबाइल नम्बर, फोन ह्याक भएको शंका बीबीसी। फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोंले ‘पेगासस जासुसी’ मामिला सार्वजनिक भएपछि आफ्नो मोबाइल नम्बर परिवर्तन गरेका छन्। नम्बर फेरेसँगै उनको मोबाइल पेपासस स्पायवेयर मार्फत ह्याक भएको शंका गरिएको छ। पेगाससमार्फत सम्भावित फोन ह्याक गरी जासुसी भएको सूचीमा उनको नाम पनि रहेको थियो। विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार मोरक्कोले फ्रान्सका प्रधानमन्त्रीसहित १४ जना मन्त्रीको फोन पेगासस मार्फत ह्याक गरेको हुनसक्ने उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्