काठमाडौं। राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको राष्ट्रिय सभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पूरा भएपनि सम्बन्धन नपाएको भन्दै गुनासो गरे।
मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको बताए।
यस्तै, झापाको बी एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरूको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे।
‘‘मेडिकल कलेजहरूलाई किन सम्बन्धन दिन सकेका छैनौं। सरकारले कलेज बना भन्छ। कलेज बनाउँछन् सबै पूर्वाधार तयार हुन्छन् तर, ५/६ वर्षसम्म सम्बन्ध पाएका छैनन्”, उनले भने, “सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। झापाको बी एण्ड सी कलेज कहिले के विवाद भएको, कहिले मन्त्रीको राजीनामा भएको छ। पूर्वाधार राम्रो छ तर, सरकारले वर्षौंसम्म पनि सम्बन्धन दिन सकेको छैन। किन?’’
सिवाकोटीले ठूल्ठूला भवन निर्माण भएपनि सम्बन्धन पाएर पढाइ सञ्चालन नहुँदा मेडिकल कलेजहरू मसानघाट जस्ता भएको टिप्पणी गरे।
हरेक वर्ष कलेजहरूले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ। हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थीहरू बंगलादेश, पाकिस्तान, चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उल्लेख गरे।

सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रूपमा रहेका उद्योगको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्। ‘‘उद्योगहरूको सञ्चालन, मजदुरहरूको व्यवस्थान, ज्याला मजदुरीको भुक्तानीका लागि सरकारको ध्यान जान जरुरी छ”, उनले भनिन्, “वीरगञ्ज चिनी कारखाना बन्द भएको अवस्थामा सरकारले चाँडै सञ्चालन गर्ने भनेको थियो। तर, अहिलेसम्म सञ्चालन हुन सकेको छैन। के प्रगति भइरहेको छ म बुझ्न चाहान्छु।’’
सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाइन्। तीनवटा तहमा सुविधाजनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको भट्टले बताइन्।
‘‘अख्तियारले स्थानीय तहहरूमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। डोजर चलाएर प्राकृतिक स्रोतको दोहोन भएको देखिन्छ”, उनले भनिन्, “क्रसर उद्योगहरू अनाधिकृत रूपमा सञ्चालनमा छन्। गुण्डा शैलीमा मान्छे मार्ने क्रम कहिले रोकिने हो? सरकारलाई प्रश्न गर्न चाहन्छु।’’
" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।आजको राष्ट्रिय सभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पूरा भएपनि सम्बन्धन नपाएको भन्दै गुनासो गरे।

">