काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आज बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि कार्यतालिका सार्वजनिक भएको हो।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि, ७ माघमा सभामुखका लागि उम्मेद्वारी प्रस्ताव दर्ता गरिनेछ।
बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्मको समयमा प्रतिनिधि सभाका कुनै सदस्यले अर्का कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नेछन्।
७ माघमा नै दिउँसो साढे दुई बजे सभामुखका लागि दर्ता भएको उम्मेद्वारीको सूची दर्ताक्रम अुनसार सार्वजनिक गरिनेछ। सभामुखको निर्वाचन भने १२ माघमा बस्ने संसद बैठकमा हुनेछ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएका थिए। त्यसयता प्रतिनिधि सभा सभामुखविहीन थियो।
उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि आजै राजीनामा दिइसकेकी छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेकपा नेता अग्निप्रसाद सापकोटलाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ।
अरु दलले भने सभामुखको उम्मेद्वार तय गरेका छैनन्। सभामुख र उपसभामुख फरक/फरक दल तथा फरक/फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिनिधि सभामा नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रतिनिधित्व छ।