भारतमा दिइने छात्रवृत्तिका लागि शैक्षिक परामर्श
काठमाडौं। भारतका विभिन्न शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउन्डेसनले शैक्षिक परामर्श सुरु गरेको छ। काठमाडौँस्थित भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्तिका आवेदन दिने विद्यार्थीका लागि फाउन्डेसनले छात्रवृत्तिको बारेमा परामर्श सुरु गरेको हो। फाउन्डेसनका निर्देशक सन्तोषकुमार चौधरीले शैक्षिक सत्र सन् २०२१/२२ का आफूहरूले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज्’ अन्तर्गत सहयोग गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्