गोरखामा २४ साउनसम्म थपियो निषेधाज्ञा काठमाडौं। गोरखा जिल्लामा २४ साउनसम्म निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि जिल्लाको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । यो अवधिमा जिल्लाभर जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव, डान्स सेन्टर, सैलुन लगायतका क्षेत्र सञ्चालनमा रोक लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्