दैलेख। पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ। यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्त्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिए पनि बाँकी काम भइरहेको हो।
दैलेखका पूर्वपश्चिम उत्तर दक्षिणका विभिन्न भू-भागहरूमा जमिनको ४५ फिटमुनिसम्म सानो मेसिनमार्फत् ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमिनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरू भइरहेको छ। अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किलाेमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरू भएको जनाइएको छ। एउटा लाइनमा ४०० वर्गकिलाेमिटर भू-भाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए।
एउटा सेस्मिक सर्भेको काम भर्खरै सम्पन्न भएको हो। अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ। बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ। माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमिनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महीनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरू हुने परियोजनाले जानकारी दिएको छ।
अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरू सम्पन्न भएपश्चात् महत्त्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम शुरू गरिएको हो।
कसरी हुन्छ सेस्मिक सर्भे
जमिनको धेरै गहिराइसम्म कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्ग जमिनको सतहमुनिको धेरै गहिराइसम्म पठाइन्छ। जमिनको तल्लो सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ। रेकर्ड गरिएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने गरिन्छ । यसले कुन स्थानमा भण्डारण धेरै सम्भावना छ त्यो कुरा पत्ता लगाउन मद्दत पुग्ने भूगर्भविद् डा. त्रिपाठीकाे भनाइ छ।
अन्वेषणका लागि दैलेखको चुप्रामा शुरुआतीदेखि नै क्याम्प निर्माण गरेर काम थालिएको छ। अहिले दैलेखको दुल्लू नगरपालिकामा पनि थप क्याम्प निर्माण गरेर विज्ञको समूह बसेको छ। दुल्लूबाट पूर्वी क्षेत्रका सेस्मिक लाइनहरूमा काम गर्न सहज हुने भएपछि टोली दुल्लूमा बसेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
जिल्लाभरको सुरक्षा व्यवस्थापनबारे पनि जिल्ला प्रशासनले सम्बन्धित सुरक्षाप्रमुखहरूसँग सहकार्य गरेर काम अगाडि बढाएको प्रजिअ कट्टेलले बताए। दैलेखका विभिन्न स्थानमा सयौँ वर्षदेखि ग्यासका रूपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा यस क्षेत्रमा ग्यास वा अन्य पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भइसकेको छ। यसैका आधारमा विभिन्न सर्भे अन्य जिल्लामा गरिएको भए पनि दैलेखमा सेस्मिक सर्भेसम्मको काम अहिलेसम्म भएको थिएन।
विगत १० वर्षदेखि अन्वेषण कार्यमा लागेका भोजपुरका एक कामदार अहिले दैलेखको अन्वेषण कार्यमा संलग्न छन्। उनका अनुसार ७५ प्रतिशत सम्भावना नजिक छ।
यसपालिको अन्वेषणमा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुन सक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएको भूगर्भविद् डा. गणेशनाथ त्रिपाठी बताउँछन्।
- नरबहादुर रिजाल/रासस
" /> दैलेख। पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ। यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्त्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिए पनि बाँकी काम भइरहेको हो।दैलेखका पूर्वपश्चिम उत्तर दक्षिणका विभिन्न भू-भागहरूमा जमिनको ४५ फिटमुनिसम्म सानो मेसिनमार्फत् ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमिनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरू भइरहेको छ। अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २०० किलाेमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरू भएको जनाइएको छ। एउटा लाइनमा ४०० वर्गकिलाेमिटर भू-भाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए।

">