मनसुनको पहिलो महिना बाढी तथा पहिरोबाट हुने मानवीय क्षति आधा कम
काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाबाट हुने मानवीय क्षति भने करिब आधा कम भएको छ। गृह मन्त्रालयका अुनसार यो वर्षको मनसुन सुरु भएको पहिलो महिना जेठ २८ देखि असार ३१ सम्म ३३७ घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। २०७७ सालको जेठ ३० देखि असार ३० सम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाबाट १०६ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्