वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भनी एकै व्यक्तिसँग ७४ लाखभन्दा बढी ठगी काठमाडौं। वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने बिनोद भुसाल, पोखरा महानगरपालिका–२ का पुकार गुरुङ र पोखरा महानगरपालिका–१२ रानीपौवाका प्रकास गुरूङ रहेका छन्। उनीहरुले पीडितलाई ७४ लाख नौ हजार ५ सय रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्