शान्तिका लागि अफगानिस्तानका राष्ट्रपतिले पद छोड्नुपर्छः तालिबान
बीबीसी।तालिबानले अफगानिस्तानमा आफूले एकलौटी सरकार चलाउन नचाहेको बताएको छ। तर, काबुलमा नयाँ सरकार गठन नहुन्जेल र राष्ट्रपति अशरफ गनीलाई पदबाट नहटाएसम्म अफगानिस्तानमा शान्ति नहुने जनाएको छ। समाचार संस्था एपीसँगको अन्तर्वार्तामा तालिबानका प्रवक्ता सुहेल शाहीनले सो कुरा बताएका हुन्। “शान्तिका लागि अफगानिस्तानका राष्ट्रपतिले पद छोड्नुपर्छ”, उनले भने। अमेरिकी र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले त्यहाँको धेरै भूभागमा कब्जा जमाएको छ।
प्रतिक्रिया दिनुहोस्