दिल्लीमा भोलिबाट बस र मेट्रो पूर्ण क्षमताका साथ चल्ने, सिनेमा हल पनि खुल्ने बीबीसी।भारतको दिल्लीमा कोरोना संक्रमण घट्दै गएपछि भोलिबाट बस र मेट्रो पूर्ण क्षमताका साथ चलाउन दिइने भएको छ।दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले भोलिबाट सिनेमा हलहरु पनि खुल्ने बताएको छ।मेट्रोमा उभिएर यात्रा गर्न भने पाइने छैन।बस र मेट्रोमा सिट क्षमताअनुसार यात्रु राखेर चलाउन पाइनेछ।भोलिबाट नै दिल्लीका सबै स्पा खुल्ने छन्,तर स्पामा काम गर्ने सबै कर्मचारीले भने कोरोनाको दुवै डोज खोप लगाएको हुनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्