राष्ट्रसंघले विश्वका एक अर्ब १० करोड मानिसको दृष्टि सुधार्ने
एजेन्सी। संयुक्त राष्ट्रसंघले सबैको आँखाको दृष्टि सुनिश्चित गर्न एक प्रस्ताव अघि सारेको छ। यसमार्फत राष्ट्रसंघले १९३ सदस्य राष्ट्रमा रहेका एकअर्ब १० करोड दृष्टि समस्या भएका मानिसको उपचार गर्नेछ। यो उपचार सन् २०३० सम्ममा निःशुल्क गरिने जनाइएको छ। यो प्रस्ताव राष्ट्रसंघमा बंगलादेश, एन्टीगुआ र आयरल्याण्डले गरेका थिए। एकसय देशले यसको समर्थन गरेका थिए। आँखाको उपचारको लागि विभिन्न दातामार्फत रकम उपलब्ध गरिनेछ।
प्रतिक्रिया दिनुहोस्