अमेरिकी विदेशमन्त्रीले भारत भ्रमणमा ‘मानवअधिकार र लोकतन्त्र’को मुद्दा उठाउने बीबीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकनले आफ्नो भारत भ्रमणका बेला मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी डैन टम्पसनले यो जानकारी समाचार एजेन्सी रोयटर्सलाई दिए। ब्लिनकन मंगलबार दुईदिने भारत भ्रमणको लागि नयाँदिल्ली आइपुग्नेछन्। विभिन्न मानवअधिकारवादी संगठन तथा संघसंस्थाले भारतीय जनता पार्टी(भाजपा)को सरकारले मानवअधिकार हनन् र लोकतन्त्र कमजोर बनाएको आरोप लगाइरहेका बेला उनले पनि तीनै मुद्दा उठाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्