तालिबान लडाकु सहर पसे, अफगानी सरकारले लगायो पुरै देशमा कर्फ्यु
बीबीसी। अफगानिस्तान सरकारले तालिबान समूहको आक्रमकतालाई ध्यानमा राखी पुरै देशभर कर्फ्यु लगाएको छ। यसको उदेश्य तीव्र गतिमा अघि बढिरहेका तालिबानी लडाकुलाई सहर प्रवेश गर्नबाट रोक्नु रहेको सरकारले जनाएको छ। काबुलसहित दुई प्रान्तबाहेक अफगानिस्तानका सबै स्थानमा राती दश बजेदेखि बिहान चार बजेसम्म सबै प्रकारका आवागमनमा रोक लगाइएको छ। तालिबानले आधा अफगानिस्तानमा कब्जा जमाएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्