काठमाडौं। भोलि अर्थात् २१ जनवरीदेखि चार दिनसम्म स्वीट्जरल्याण्डको डाबोसमा ‘वर्ल्ड इकोनोमिक फोरम’ आयोजना हुँदैछ। त्यहाँ भारत र मलेसियाका वाणिज्यमन्त्रीबीच भेट हुने चर्चा छ।
चार दिनसम्म चल्ने डाबोस फोरममा भारतका वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल र मलेसियाका वाणिज्यमन्त्री डोलर लेइकिंगबीच भेटवार्ता हुने बताइएको छ।
दुवै देशका अधिकारीहरूले डाबोसको व्यस्त मञ्चमा दुवै देशका वाणिज्यमन्त्रीको भेट हुने/नहुनेबारे स्पष्ट बताएका छैनन्। यदि भेट भएमा मलेसियाले पाम तेलको निर्यात खुलाउन आवश्यक पहल गर्ने छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई देशका सरकारका प्रवक्ताले भेटवार्ता हुन सहज नभएको जानकारी दिएका छन्। खासगरी, मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले कश्मिर मुद्दामा बोलेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको छ। जसको असर यतिबेला मलेसियामा उत्पादित लाखौं टन पाम तेलमा परेको छ।
भारतले जम्मु–कश्मिरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० हटाएपछि संयुक्त राष्ट्रसंघको महासभामा त्यसविरुद्ध मलेसियाका प्रधानमन्त्री बोलेका थिए। उक्त महासभामा महाथिरले भनेका थिए, “संयुक्त राष्ट्रसंघको प्रस्तावका बाबजुद जम्मु–कश्मिरमा भारतले कब्जा गरेको छ।”
मलेसियाबाट अर्बौं रूपैयाँको पाम तेल आयात हुँदै आएको समाचार सतहमा आएपछि भारतले पाम तेलको आयातमा रोक लगाउने चर्चा शुरू हुन थाल्यो। र, भारतीय तेल उद्योगहरूको प्रमुख संगठन साँलवेंट एक्सट्रेक्टर्स एसोसिएशन अफ इन्डिया (एसईए)ले आफ्ना ८७५ सदस्यहरूलाई मलेसियाबाट पाम तेलको आयात नगर्न भन्यो।
लगत्तै भारतले त्यसको खण्डन गर्दै महाथिरको भनाइ तथ्यमा आधारित नभएको बताएको थियो।
गत वर्षको सेप्टेम्बरमा कश्मिर मुद्दामा महाथिर बोलेपछि मलेसियाविरुद्ध कडा कदम चाल्ने संकेत भारत सरकारले दिएको थियो। त्यसपछि मलेसियाबाट लाखौं टन पाम तेल भारत आयात हुने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित भए।

तर, त्यसपछि पनि मलेसियाका प्रधानमन्त्रीले भारतविरुद्ध बोल्न छाडेनन्। भारतले ल्याएको नयाँ नागरिकतासम्बन्धी कानूनमाथि नै महाथिरले प्रश्न उठाए। उनले भनेका थिए, “भारतले आफूलाई धर्मनिरपेक्ष राष्ट्र भन्दै आए पनि पछिल्लो कानूनले त्यहाँका कैयौं मुसलमानहरूलाई नागरिकता पाउनबाट बञ्चित गरेको छ।”
भारतले पाम तेलको आयात रोक्ने निर्णय गरेपछि पनि महाथिरले भारतसँग नझुक्ने तर, पाम तेलको निर्यात खुलाउने बताउँदै आएका छन्।
मलेसियाका प्रधानमन्त्रीले आफ्नो आन्तरिक मामिलामा बोल्न नछाडेपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले वैदेशिक व्यापारको नियम बदल्दै पाम तेलको आयात सीमित गर्ने निर्णय गर्यो।
त्यसअघिको कानून नै संशोधन गरेर भारतले सबै देशबाट भारत आउने पाम तेलको आयात रोक्ने निर्णय गरेको थियो। कानून संशोधन भएपछि भारतीय विदेश मन्त्रालयले उक्त कानून कुनै एक देशलाई लक्षित गरेर संशोधन नभएको दाबी गरेको थियो।
भारतले पाम तेलको आयातमा पूर्ण प्रतिबन्ध नलगाई त्यसलाई सीमित गरेको हो। जसलाई मलेसियालक्षित संशोधन भनेर पनि बुझ्न सकिन्छ। किनभने, विदेश मन्त्रालयले मलेसियासँगको व्यापार दुई देशबीचको सम्बन्धका आधारमा चल्ने भनेको थियो।

के छ पाम तेलको महत्व?
भारत विश्वमा आयात हुने पाम तेलमध्ये सबैभन्दा ठूलो आयातकर्ता हो। जहाँ वर्षेनी अर्बौं भारतीय रूपैयाँ बराबरको पाम तेल आयात हुँदै आएको छ। विश्वमा खपत हुने पाम तेलको कूल परिमाणमध्ये सबभन्दा धेरै भारतमा खपत हुन्छ।
भारतमा पाम तेलको प्रयोग खाना पकाउनेदेखि जैविक इन्धनका रूपमा प्रयोग हुन्छ। यसका साथै, विभिन्न प्रकारका मिठाइ, नूडल्स, पिज्जा तथा कस्मेटिक्स सामग्री बनाउन पनि यसको प्रयोग हुँदै आएको छ।
मलेसिया विश्वकै दोस्रो ठूलो पाम तेलको उत्पादक राष्ट्र हो। पहिलो राष्ट्र भने इण्डोनेशिया हो। सन् २०१९ सम्म भारत मलेसियामा उत्पादित पाम तेलको सबैभन्दा ठूलो आयातकर्ता थियो।
मलेसियाली सरकारको आधिकारिक तथ्यांकअनुसार २०१९ को शुरूआतमा भारतले मलेसियाबाट ४० लाख टनभन्दा बढी पाम तेल आयात गरेको थियो। तर, महाथिरको भनाइपछि २०१९ को अत्यतिर त्यो घटेर एक लाख टनको हाराहारीमा आइपुगेको बताइन्छ।
भारतका तेल उद्योगहरूको प्रमुख संगठन एसईएका कार्यकारी निर्देशक बीबी मेहताले भारतीय तेल आयातकर्ताले पछिल्लो समय इण्डोनेशियाबाट पाम तेल ल्याउन थालेको बताए। भारत सरकारले मलेसियाबाट आयात हुने तेलको भन्सार शुल्क बढाउनुभन्दा पहिलेदेखि नै यसो गर्न थालिएको उनको भनाइ छ।
यस्तै, गत १५ जनवरीमा सार्वजनिक भएको स्रोत नखुलाइएको एक रिपोर्टका अनुसार पाम तेलपछि भारतमा मलेसियाबाट आयात हुने माइक्रोप्रोसेसर्सको आयातमा पनि प्रतिबन्ध लाग्ने छ।
मलेसियासँगको आन्तरिक सम्बन्धका कारण नेपालबाट हुँदैआएको पाम तेलको निर्यात रोकिएकाले सरकारी अधिकारीहरू अब त्यो खुल्नेमा आशावादी देखिएका हुन्।
के गर्दैछ मलेसिया ?
मलेसियामा दशौं हजार किसानले आफ्नो जीविकोपार्जनका लागि पाम खेती गर्दै आएका छन्। यसको खेतीमा करोडौं डलर लगानी गरिएको छ। जसको अधिकांश निर्यात भारततर्फ हुँदै आएको थियो।
भारतले आयात रोकेपछि प्रधानमन्त्री महाथिरले पाम तेलको निर्यात गर्न आवश्यक समाधान खोज्ने वचन किसानहरूलाई दिएका छन्। उनले १४ जनवरीमा भारतले पाम तेलको आयात रोक्दा चिन्ता लागेको बताउँदै यसको निर्यातका लागि आवश्यक पहल गर्ने बताएका थिए।
यस्तै, मलेसियाको ट्रेड युनियन कंग्रेसले दुई देशबीच उत्पन्न भएको तनाव कूटनीतिक तवरबाट समाधान गर्न अपिल गरेको थियो। पछिल्लो समय मलेसियाले भारतबाहेक अन्य देशमा पाम तेलको निर्यात गर्ने प्रयास गरिरहेको बताइए पनि भारतको स्थान लिन सम्भव नरहेको बताइन्छ।
के होला नेपालको निर्यात?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू भारतले छिट्टै पाम तेलको आयात खुलाउने बताउँछन्। मलेसियासँगको आन्तरिक सम्बन्धका कारण नेपालबाट हुँदैआएको पाम तेलको निर्यात रोकिएकाले सरकारी अधिकारीहरू अब त्यो खुल्नेमा आशावादी देखिएका हुन्।
भारतले पाम तेलको आयातमा पूर्ण प्रतिबन्ध नलगाई सीमित गर्ने उद्देश्यसहित रोकेकाले पनि सम्भावना जीवित रहेको नेपाली पक्षको भनाइ छ। यस्तै, भारत पाम तेलको मुख्य आयातकर्ता भएको र त्यहाँ यसको प्रयोग र माग अत्यधिक रहेकाले भारतले यसको विकल्प खोज्न नसक्ने मन्त्रालयका एक अधिकारीले बताए।
उनले भने, “नेपालले पाम तेलको निर्यात खोल्न आवश्यक पहल गरिरहेको छ। केही समयभित्रै यसको निकासी खुल्नेमा हामी आशावादी छौं।”
चालू आर्थिक वर्षको शुरूआती पाँच महीनामा मात्र नेपालबाट भारततर्फ ११ अर्ब ५२ करोड रूपैयाँको पाम तेल निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।