काठमाडौं। “सुनको भाउ आज पनि बढ्यो।”
“आज त सुनको भाउ स्वात्तै घटेछ, यही मौका पारेर किनिहालौं क्या हो ?”
“होइन यो सुनको भाउ किन तलमाथि भइरहन्छ ?”
सञ्चारमाध्यममा सुनको भाउ घटबढको समाचार हेरेपछि यस्तै संवाद सुनिन्छन्। सके तपाईं आफैं पनि कति पटक यस्तै गफगाफमा सामेल हुनुहुन्छ होला।
सोच्नु पनि भयो होला, यो सुनको भाउ चाहिँ किन घटबढ भइरहन्छ ?
जवाफ सामान्य छ– नेपालमा सुन उत्खनन र शुद्धीकरण गरिँदैन। त्यसैले यसको लागि विदेशी बजारमा भर पर्नुपर्छ। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ घटबढ भएपछि यता पनि तलमाथि भइहाल्छ।
प्रश्न त अझै पनि बाँकी रहन्छ– अन्तर्राष्ट्रिय बजारमा चाहिँ किन तलमाथि भइरहन्छ यो पहेँलो धातुको भाउ ?
यो चाहिँ अमेरिकी डलरको मूल्यमा भर पर्छ। अरू मुद्राको तुलनामा अमेरिकी डलरको भाउ बढ्यो भने डलरमा सुनको भाउ घट्छ।
तर, नेपालको रूपैयाँको मूल्य त डलरमा भर पर्दैन। नेपाली रूपैयाँको मूल्य र विश्व बजारका अन्य मुद्राको मूल्यको बीच सम्बन्ध गाँस्ने काम भारतीय रूपैयाँले गर्छ। नेपालको रूपैयाँ र भारतीय रूपैयाँबीच स्थिर दर कायम गरिएको छ।
भारतीय रूपैयाँ र डलरको दर भने अस्थिर वा तरल छ। डलरको भाउ तलमाथि हुनासाथ भारतीय रूपैयाँको भाउ पनि तलमाथि भइहाल्छ। तर, नेपालमा त भारतीय रूपैयाँको भाउ स्थिर छ अर्थात् सय भारूको नेपाली १६०।
यो त पैसाको कुरा पो। सुनको भाउ त फेरि पनि डलरकै आधारमा गर्ने हो। डलरको भाउ तलमाथि भएपछि नेपाली बजारमा पनि सुनको भाउ हिसाब गरिहालिन्छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउको नेपाली मूल्यमा रूपान्तरण गर्दा हुन आउने रकममा भन्सारदर जोडिन्छ। त्यो मूल्यमा पनि एक प्रतिशत नाफा जोड्दा हुने मूल्य नै सुनको भाउ तोकिन्छ।
सुनको अन्तर्राष्ट्रिय बजार भाउ तोक्ने काम जापानबाट शुरू हुन्छ। यो काम जापानमा हुँदा भारतको बजार खुलिसकेको हुँदैन। माथि नै भनियो नि, डलरको भाउसँग हाम्रो रूपैयाँको भाउ पनि भारतीय बजारबाटै तय गरिन्छ। त्यसैले भारतको बजार खुल्दासम्म हामीले सुनको भाउ तोक्न कुर्नुुपर्छ।
नेपालको आयात/निर्यातदेखि सबै कुरा भारतसँग सम्बन्धित छ। त्यसकारण भारतीय बजार नखुलेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण गर्न सकिँदैन।
भारतको बजारमा मात्रै पूरा भर पर्ने चाहिँ होइन। नेपालमा सुनको भाउ तोकिने मामिलामा ७५ प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारले र २५ प्रतिशत भारतीय बजारले भूमिका खेल्छ।
पौने १० बजे भारतीय बजार खुल्छ। साढे १० बजेसम्म भारतीय बजारको मूल्य हेरेर नेपाली बजारमा सुनको मूल्य निश्चित गरिन्छ।
यसरी मूल्य निर्धारण गर्ने काम चाहिँ नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्छ। २०४४ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ स्थापना भएपछि उसले यो काम गर्न थालेको हो। संघ स्थापना हुनुभन्दा पहिला यो काम एक, दुईजना व्यक्तिले गर्ने गरेका थिए। त्यो पारदर्शी थिएन। त्यसैले सुनचाँदी व्यवसायी महासंघले यो काम गर्ने जिम्मा लिएको हो।
नेपाली बजारमा दैनिकरूपमा ३० देखि ३५ किलोसम्म सुन बिक्छ। सुन बिक्ने याममा भने ५० किलोभन्दा बढी चाहिन्छ। त्यसैले वार्षिकरूपमा नेपाली बजारमा सुनको माग करीब १५ टन जतिको हुन्छ।
तर, सरकारले भने साढे सात टनसम्म बेच्न दिने गरेको छ। त्यसैले बजारमा भएको मागलाई पूरा गर्न सरकारले दिएको कोटाले हामीलाई पुग्दैन। र, कालोबजारी पनि चल्छ।
(सुनचाँदी मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यसँगको कुराकानीमा आधारित।)
" /> काठमाडौं। “सुनको भाउ आज पनि बढ्यो।”

">