काठमाडाैंमा आजदेखि थप १० दिन निषेधाज्ञाः सभा र जुलुस गर्न नपाईने काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा आजदेखि थप १० दिन निषेधाज्ञा जारी गरिएको छ। तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेरका गतिविधि गर्न नपाइने भएको छ। सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर लगायत भीडभाड हुने अन्य कार्यक्रम पनि गर्न पाइने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्