महामारीबीच एक वर्षमा जारी भए साढे तीन लाख पासपोर्ट काठमाडौं।परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कोरोना महामारीबीच गत आर्थिकमा ३ लाख ४९ हजार १७५ थान मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी)जारी गरेको छ।योसँगै नेपालमा हालसम्म ६७ लाख ७९ हजार ४५८ थानभन्दा बढी एमआरपी जारी भएको छ।२०६७ पुस ११ गतेबाट नेपालले एमआरपी जारी गर्न सुरु गरेको हो।अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष करिब २ लाख ८० हजार नेपाली विदेश गएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्