पशुपति मन्दिर अगाडि बागमती नदीमा एक सय लिटर दूध अर्पण काठमाडौं। पशुपतिनाथ मन्दिर अगाडि बागमती नदीमा आज हिन्दु धर्मालम्वीले एक सय लिटर दूध चढाएका छन्। दूध अर्पण कार्यक्रममा नेपाल फाउन्डेसनका अध्यक्ष विकास कुमार ठाकुर, पूर्व पर्यटन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए। ठाकुरका अनुसार जनकपुरमा अर्को सोमबार प्रदेश २ का प्रमुखको उपस्थितिमा गंगा सागरमा दूध अर्पण गर्ने कार्यक्रम रहेको छ। दूध अर्पणले शिव भक्ति बढाउने उनले बताए।  
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्