दुई महिनामा अफगानिस्तानमा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या २४ सय
एजेन्सी। अफगानिस्तानमा दुई महिनामा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या २ हजार ४ सय पुगेको छ। अफगानिस्तानमा सन् २०२१ मे र जुन महिनामा सुरक्षा फौज र तालिबान समूहबीचको युद्धमा उनीहरू मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ। यसरी मारिनेमा महिला तथा बालबालिकाको संख्या ठूलो रहेको छ। अफगानिस्तानमा सन् २००९ पछि अहिले दुई महिनामा यति ठूलो संख्यामा सर्वसाधारण घाइते तथा मारिएका हुन्।
प्रतिक्रिया दिनुहोस्