काठमाडौं। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट १० दिनपछि भारतबाट हिँड्ने भएको छ।
भारतबाट हिँडेको झण्डै १० दिनमा सो रेल सेट नेपाल आइपुग्ने रेल विभागले जनाएको छ।
धनुषमा आइपुग्नासाथ रेल सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए।
उनका अनुसार फागुनसम्ममा रेल सञ्चालन गरिनेछ।
दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने मिश्रको भनाइ छ। उनले भने, “सेट आउनेबित्तिकै सञ्चालनको तयारी हुनेछ।”
सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्।
यी दुई सेटको क्षमता एक हजार २०० जनासम्म यात्रु बोक्ने रहेको छ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका रेल लाइन तथा रेल्वे स्टेशनलगायतका भौतिक पूर्वाधार तयार भइसकेको छ।
यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यहाँसम्म रेल विस्तार हुनेछ। रासस
" /> काठमाडौं। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट १० दिनपछि भारतबाट हिँड्ने भएको छ।

">