भारतको रायगढमा पहिरोः ८५ जनाभन्दा धेरै मानिस पुरिए एजेन्सी। भारतको महाराष्ट्र राज्यस्थित रायगढमा २२ जुलाईमा भएको पहिरोका कारण ८५ जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन्। तीमध्ये ५३ जनाको शव निकालिएको छ भने ३२ जना अझै बेपत्ता रहेका छन्। पहिरोका कारण ४५ वटा घर पुरिएको महाराष्ट्र सरकारले जनाएको छ। हाल राज्यको आपतकालिन सेनाले उद्धारको कार्य गरिरहेको महाराष्ट्र सरकारले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्