काठमाडौं। प्रदेश १ को मोरङमा निर्माण गरिएको एकीकृत चेक पोष्ट (आईसीपी) को प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज उद्घाटन गर्दैछन्।
आईसीपीको प्रधानमन्त्री ओलीले सिंहदरवार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भिडिओ कन्फ्रेन्समार्फत बिहान ११ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा १२९ बिघा क्षेत्रमा आइसीपी तयार गरिएको छ।
चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मा सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि मात्र शुरू भएको हो।
भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले एक अर्ब १४ करोड भारतीय रूपैयाँमा आइसीपी निर्माण ठेक्कामा लिएका थिए।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम आइसीपीबाट शुरू भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अपेक्षा गरिएको छ।
जाँचचौकी सञ्चालनमा आउँदा पर्यटकीय तथा मालबाहक सवारी जाँचमा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले बताए। आइसीपी भारत सरकारले निर्माण गरिदिएको हो।
" /> काठमाडौं। प्रदेश १ को मोरङमा निर्माण गरिएको एकीकृत चेक पोष्ट (आईसीपी) को प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज उद्घाटन गर्दैछन्।

">