उत्तर र दक्षिण कोरियाबीच अन्तरदेशीय ‘हटलाइन’ फेरि सुरु
अलजजिरा।दक्षिण र उत्तर कोरयाले अन्तरदेशीय सञ्चार पुनः सुरु गरेका छन्।गत वर्ष ‘हटलाइन’ काटिएपछि सञ्चार बिच्छेद भएको दुई कोरियाबीचको हटलाइन पुनः सुरु गरिएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ।उत्तर कोरियाली मिडियाले पनि दुई देशबीच सबै प्रकारका सञ्चार च्यालन खुला गरिएको बतएका छन्।स्थानीय समयअनुसार मंगलबार बिहान १० बजेदेखि सञ्चार सुचारु गरिएको हो।यसका लागि दुई कोरियाबीच सम्झौता समेत भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्