७५ जना आप्रवासी बोकेको डुंगा लिबियाको समुन्द्री तटमा पल्टियो, ५७ जनाको मृत्यु अलजजिरा।लिबियाको समुन्द्री तटमा ७५ जना आप्रवासी बोकेको डुंगा पल्टिएको छ।डुंगा पल्टिदा डुबेर ५७ जनाको मृत्यु भएको छ भने १८ जनाको सकुशल उद्धार गरिएको छ।आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)की प्रवक्ता सफा मेसिहेलीले यसको पुष्टि गरेकी छन्।पश्चिम लिबियाको खुमस सहरबाट उक्त डुंगा छुटेको थियो। डुंगामा नाइजेरिया, घाना र गाम्बियाका नागरिक सवार थिए। चल्दै गरेको डुंगाको इन्जिनमा समस्या आएपछि डुंगा डुबेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्