प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी काठमाडौं। सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश लिने भएकाले परम्पराअनुसार अवकाश पाउनुभन्दा एक महिना अगाडि २४ साउनबाट उनी बिदामा बस्ने छन्। थापा बिदामा बसेको दिनदेखि शर्माले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्