आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेकोले आज देशभर सामान्यदेखि पूर्ण बदली हुने बताएको छ।अहिले बागमती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो र राति प्रदेश–१,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।भारी वर्षा हुने क्षेत्रका पहाडी इलाकामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्