चार महीनादेखि कहाँ हराइन् तिलागुफा नगरपालिकाकी उपप्रमुख ?
सुर्खेत। कालीकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि नगरपालिकाबाट सम्पर्कबिहिन भएकी छन्। असोजमा काठमाडौं जान भनि हिंडेकी उपप्रमुख नेपाली त्यस यता नगरपालिकाका फर्केकी छैनन्। उनी सम्पर्कविहिन हुँदा दैनिक काम काजमा समेत असर परेको छ ।

उपप्रमुख नेपाली असोजमा काठमाडौं जान लागेको जानकारी दिएको तर त्यसयता सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘‘असोजमा काठमाडौं जाने भनेर मलाई जानकारी दिनुभएको थियो,’’ उनले भने, ‘‘अहिलेसम्म कता हुनुहुन्छ कुनै जानकारी पाएका छैनौं।’’

उपप्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परेको प्रमुख शाहीले बताए। ‘‘जनताका काम दैनिक रुपमा गर्नुपर्छ। उहाँ केही समितिको प्रमुख पनि हुनुहुन्छ’’ उनले भने, ‘‘उपप्रमुख नहुँदा समितिका काम प्रभावित भएका छन् ।’’

नेपाली संयोजक रहेको नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिका कामहरू अहिले अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए। उपप्रमुख नहुँदा योजना कार्यान्वयनमा समेत समस्या परेको प्रमुख शाहीले बताए।

योजना अनुगमन समितिको संयोजक उपप्रमुख नै रहेका कारणले अहिले नगरपालिकाभित्रका कार्य सम्पन्न भएका योजनाको भुक्तानीमासमेत समस्या भएको छ।  उपप्रमुख नेपाली विदेश जान लागेको आफुले गाइँगुँई सुनेपछि बोलाएर छलफल गरेको कालीकोटका प्रतिनिधि सभा सांसद दुर्गबहादुर रावतले बताए। ‘‘उपप्रमुख विदेश जाने कुरा सुनेपछि मैले बोलाएर उहाँसँग छलफल गरेको थिएँ’’ उनले भने,‘‘त्यो बेला हल्ला मात्र भएको उहाँले मलाई बताउनु भयो ।’’

विदेश जाने भए राजीनामा दिएर जान पनि आफूले सुझाव दिएको सांसद रावतले बताए । ‘‘विदेश गएर लामो समय बस्ने भए बस्ने भए उपप्रमुखबाट राजीनामा दिएर जानुहोस् भनेको थिएँ’’, उनले भने, ‘‘मैले भनेको कुरा उहाँले नकार्नुभयो।’’

सामाजिक संजालमा नेपालीले सार्वजनिक गरेको तस्वीरका आधारमा उनी अमेरिका गएको आंशका गरिएको छ। तर, सामाजिक संजालमा सम्पर्क गर्दा केही जवाफ नफर्काउने गरेका कारणले उनी कहाँ छिन् भन्ने यकिनका साथ भन्न सकिने अवस्था नरहेको नगर प्रमुख शाहीले बताए। ‘‘सम्पर्कका लागि धेरै प्रयास गर्दा पनि उहाँले जवाफ फर्काउनु भएन्’’, उनले भने, ‘‘अहिले कहाँ हुनुहुन्छ एकिन भन्न सकिँदैन।’’

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट एक हजार ४३ मत ल्याएर उनी विजयी भएकी थिइन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्