अमेरिकी विदेशमन्त्रीले नयाँदिल्लीमा, भने– भारत विश्व शक्ति बन्ने पक्षमा अमेरिका बीबीसी। दुई दिने भारत भ्रमणको सिलसिलाम अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नयाँदिल्ली आइपुगेका छन्। “अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम राख्ने प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार र उदाउँदो विश्व शक्तिको रुपमा समर्थन गर्दछ”, ब्लिन्केनले भने। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ब्लिन्केनले भारत–अमेरिका सैन्य सहयोग नयाँ उचाई पुगेको समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्