भाइरल ज्वरोका कारण जिल्ला अस्पताल भरिभराउ काठमाडौं। महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि दैनिक ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण भिज्ने वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलता नमिल्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्