त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटियो १ किलो १६५ ग्राम सुन काठमाडौं।काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १६५ ग्राम सुन बरामद गरेको छ।गोरखा घर भएका २८ वर्षीय पदम परियारको साथबाट सो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।परियार हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आउँदै थिए।विमानस्थलमा खटिएको प्रहरीले भन्सार जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्