राति १२ बजे घरबाट निस्केका नौ दिनको शिशुसहित तीन जनाको शव पोखरीमा भेटियो
काठमाडौं। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ। रिकेवादेवी कापड, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनको छोराको शव स्थानीय सूर्यवंश चौधरीको पोखरीमा भेटिएको हो। घटनाको पुष्टि ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले गरेका छन्। गएराति करिब १२ बजे उनीहरु घरबाट निस्केका थिए।
प्रतिक्रिया दिनुहोस्