भारत आएर चीनलाई चिढ्याउँदै अमेरिकी विदेशमन्त्री, भेटे निर्वाशित तिब्बती बौद्ध गुरु एजेन्सी। भारतमा भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले निर्वासित तिब्बती बौद्ध गुरुहरुसँग भेटवार्ता गरेका छन्। ब्लिन्कनले चीनलाई चिढ्याउन निर्वाशित तिब्बती बौद्ध गुरुसँग भेट गरेको विष्लेषण गरिएको छ। उनले भेटेका तिब्बती बौद्ध गुरु वेन गेशे दोरजी दामदुल हुन्। उनी नयाँदिल्लीस्थित दलाई लामा सांस्कृतिक केन्द्रका निर्देशक हुन्। दोरजी सन् २००५ देखि तिब्बती निर्वाशित बौद्ध गुरु दलाई लामाका आधिकारिक अनुवादक पनि हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्