कृषि विकास बैंक ह्याकिङ प्रकरणः लहान शाखाका निमित्त प्रमुख पक्राउ

काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंक ह्याकिङ प्रकरणमा लहान शाखामा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।

उक्त प्रकरणमा बैंकका निमित्त प्रमुख रहेका सुनिलकुमार झालाई पक्राउ गरिएको महाशाखाका प्रहरी प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए।

‘‘उनी बैंकका ऋण अधिकृतसमेत हुन्, आजै हामीले पक्राउ गरेका हाैं,’’ देखापढीसँग उनले भने, ‘‘उनको प्रत्यक्ष संलग्नता छ वा छैन भन्नेबारे अनुसन्धान भइरहेको छ।’’

ह्याकरले उनकै युजर आइडी प्रयोग गरेर चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिका नाममा ट्रान्सफर गरेको थियो।

उनीसहित अहिलेसम्म प्रहरीले यो प्रकरणमा १७ जनालाई नियन्त्रणमा लिएको छ।

युजर आइडी ह्याक गरिएको हो वा कर्मचारीले नै दिएको हो भन्नेबारे अहिलेनै अनुसन्धानबाट नखुलेको उनले बताए।

कृषि विकास बैंक लिमिटेडले लहान शाखाका शाखा प्रबन्धकसहित ६ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्