पाकिस्तानमा खोप नलगाउने रेल सेवाका कर्मचारीको तलब रोकिने
एजेन्सी। पाकिस्तान सरकारले खोप नलगाउने रेल सेवाका कर्मचारीको तलब रोक्ने निर्णय गरेको छ। अगस्ट ३१ सम्म खोप लगाउन निर्देशन दिइएका रेल सेवाका कर्मचारीले सो अवधिसम्म खोप नलगाएमा तलब रोक्ने निर्णय भएको हो। पाकिस्तान पछिल्ला दिन कोरोना भाइरस संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको छ। पाकिस्तानमा हालसम्म १० लाख २० हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्