अमेरिकाको न्यूयोर्क सहरका मेयरको घोषणाः कोरोना खोपको पहिलो डोज लगाउनेलाई १०० डलर
एजेन्सी। अमेरिकाको न्यूयोर्कमा सहरका मेयर बिल डे ब्लासियोले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनेलाई १०० अमेरिकी डलर दिने घोषणा गरेका छन्। शुक्रबारबाट लागू हुने नियम खोप लगाउन नचाहनेहरूलाई लक्षित छ। मेयर ब्लासियोले भने, 'संक्रमण नियन्त्रण गर्न खोप जरुरी भएपनि केही व्यक्तिले खोप लगाउन चाहेका छैनन्। यसले संक्रमण फैलिने डर छ। त्यसैले, उनीहरू लक्षित गरेर यो घोषणा गरेका हौँ।'
प्रतिक्रिया दिनुहोस्