नेपाल प्रहरीद्वारा एक वर्षमा विपद् घटामा परी मृत्यु भएका ५०१ शवको व्यवस्थापन
काठमाडौं। नेपाल प्रहरीले एक वर्षको अवधिमा विभिन्न विपद्का घटनामा परी मृत्यु भएका ५०१ जनाको शवको व्यवस्थापन गरेको छ। प्रहरीले गत आर्थिक वर्ष २०७७/७८ मा ५०१ शवको व्यवस्थापन तथा विपद्का घटनामा परी घाइते भएका १ हजार ७६ जनाको उद्धार गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले विपद्का घटनामा परि मृत्यु भएका ३७० शवको व्यवस्थापन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्