मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरू
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ। जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरू भएको हो।

सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो। अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो।

सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको उनले बताए। अहिले सडकको ट्रयाक खोल्ने काम सकिएको छ। उनले भने, “मालबाहक सवारीसाधन सो सडकमा गुडिरहेका छन्।”

आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले सो स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर मात्रै खानेपानी लैजानुपर्ने बताउँदै आएका थिए। मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई लक्षित गरी सरकारले खानेपानीको व्यवस्थापन गर्ने, सडक निर्माण गर्नेलगायतका काम शुरू गरेको छ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा समितिले स्थानीयवासीको माग सम्बोधनमा ध्यान दिएको हो। यसअघि नै खानेपानी तथा सरसफाइ मन्त्रालयले त्यहाँ कार्यरत कामदारको भुक्तानी गरिसकेको छ।

इटालीको कम्पनी सिएमसीले भुक्तानी बाँकी कामदारमध्ये अधिकांश स्थानीयवासी नै छन्। अझैसम्म आपूर्तिकर्ताको भुक्तानी भने हुन बाँकी छ। आपूर्तिकताको भुक्तानी कति बाँकी छ भन्ने अध्ययन गर्न मन्त्रालयमा समिति गठन भएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्