चीनका प्रखर आलोचक अर्बपति व्यवसायीलाई १८ वर्षको जेल सजाय
बीबीसी।चीन सरकारको प्रखर आलोचकको रुपमा चिनिएका अर्बपति व्यवसायी सुन दाबुलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। ६७ वर्षीय दाबुले चीनमा राजनीतिक संवेदनशील तथा मानवअधिकारसँग जोडिएका मुद्दामा खुलेर आफ्नो विचार राख्दै आएका थिए। उनीमाथि ‘जानीजानी झगडा गरेको र समस्या निकालेको’ आरोपमा दोषी ठहर गर्दै सो सजाय सुनाइएको हो। उनीमाथि अवैध तरिकाले खेती तथा जमिन कब्जा गर्ने गरेको आरोपसमेत लगाइएको थियो।
प्रतिक्रिया दिनुहोस्