सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा फेरि कडा बनाउने तयारी काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने भएको छ। निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भाइरस नियन्त्रण गर्ने रणनीति बनाउने विषयमा छलफल हुने बताईएको छ। संक्रमितको संख्यामा वृद्धि भएपछि केही समयअघि खुकुलो पारिएको निषेधाज्ञा आजको बैठकले भने फेरि कडा बनाउने सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्