तालिबानको डरले अफगानी दोभाषेलाई अमेरिका लगिदै अलजजिरा। तालिबानले अफगानिस्तानमा पकड बढाउँदै लगेपछि त्यहाँ रहेका दोभाषेलाई अमेरिकाले आफ्नो देशमा लैजाने कार्य सुरु गरेको छ। सन् २००१ देखि हालसम्म २० वर्षको अवधिमा अमेरिकी सेनालाई२०हजार अफगानी दोभाषेले सघाएका थिए। अमेरिकी र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले दोभाषेहरुलाई कारबाही गरेको थियो। अफगानिस्तानबाट उद्धार गरिएका दोभाषेको पहिलो लट आज अमेरिका पुग्ने जनाइएको छ। अमेरिका जानको लागि२०हजार दोभाषेले आवेदन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्