सेनालाई दोभाषेका रुपमा सहयोग गर्नेलाई लगियो अमेरिका एजेन्सी।अमेरिकी सेनाका लागि दोभाषेको काम गरेका करिब २ हजार ५ सय अफगानी र उनीहरुका परिवारलाई अमेरिका लगिएको छ।अमेरिकी सेना अफगानिस्तानबाट फर्किएपछि तालिबानले उनीहरुमाथि हमला गर्ने डरले उनीहरुलाई अमेरिका नै लगिएको हो।उनीहरुले तालिबानको आक्रामकता र युद्धकाबीच अमेरिकी सेनालाई सहयोग गरेका थिए।अफगान इन्टरप्रेटर र उनीहरुका परिवारलाई अहिले वासिंगटन डिसीस्थित फोर्ट ली बेसमा राखेर उनीहरुको विशेष इमिग्रेन्ट भिसा (एसआईभी)को प्रक्रिया पूरा गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्