महामारीमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढ्योः नेपालमा दैनिक १९ जनाले हात्महत्या गर्छन् काठमाडौं।कोरोना महामारीकाबीच गत आर्थिक वर्ष २०७७/७८ मा हात्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ।गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना भएको नेपाल प्रहरीले जनाएको छ।२०७६/७७ मा यो संख्या ६ हजार २४१ थियो।गत वर्ष आत्महत्यका घटना १४.०४ प्रतिशतले वृद्धि भएको छ।औषत दैनिक १९ जनाले नेपालमा आत्महत्या गरेको देखिन्छ। गत वर्ष हात्महत्या गर्नेमध्ये ५हजार७२० जनाले भुण्डिएर, १हजार२७६ जनाले विष खाएर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्