नेपालमा बलात्कारका घटनामा १८.१९ प्रतिशतले वृद्धि, प्रत्येक दिन साता जना बालबालिका तथा महिला बलात्कृत हुन्छन्
काठमाडौं। नेपालमा एक वर्षमा बलात्कारका घटना १८.१९ प्रतिशतले वृद्धि भएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७÷७८मा कुल २हजार५३४ बलात्कारका घटना भएका छन्। अघिल्लो आर्थिक वर्ष२०७६/७७मा यो संख्या २हजार१४४ रहेको थियो। तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन औषतमा ७जना बालबालिका तथा महिला बलात्कृत हुने गरेका छन्। पीडित २हजार ५५४जनामध्ये ११.९८प्रतिशत१०वर्ष मूनिका,५३.२४प्रतिशत११–१८वर्षका र १.४८प्रतिशत ६० वर्षदेखि माथिका बालबालिका तथा महिला छन्।
प्रतिक्रिया दिनुहोस्