दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको निधन काठमाडौँ। दार्चुलाका पूर्व सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा काठमाडौँको गौशाला तिलगंगामा आज निधन भएको छ। दार्चुलाको मार्मा गाउँपालिका–५ निवासी सिंह २०४८ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'पूर्व सांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्