रक्षामन्त्री पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ।

५ माघमा नेपाल भ्रमणमा आएकी अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत् थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी सम्बन्ध बनाउन आवश्यक रहेको धारणा राखेको उनका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जनाएका छन्।

बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्त्व दिएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक¸ सामाजिक विकासमा गरेको सहयोगका धन्यवाद दिए।

राजकुमारी अस्त्रिदले नेपाल भ्रमण वर्ष २०२० चलिरहेका बेला आफू नेपाल आउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले नेपाललाई हुँदै आएको सहयोगलाई निरन्तरता दिइने पनि बताइन्।

भेटमा उपप्रधानमन्त्री पोखरेलले राजकुमारी अस्त्रिदलाई मायाको चिनोसमेत प्रदान गरेका थिए।

राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आएकी हुन्। यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेकी छन्।

नेपाल बसाइका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका बिरामीलाई भेट्नेछिन्।

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको  बताइएको छ।

५ माघमा राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्