दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग काठमाडौं। कांग्रेस दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्डको पांगल हुँदै खलंगा आइरहेका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभई अमानवीय र आपत्तिजनक समेत भएको कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ। तुइनबाट महाकाली नदी तरिरहेका धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्