हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीसँग गरे झगडा, प्रहरीले ‘सम्झाएर’ छाड्यो काठमाडौं। पूर्वयुवराज पारस शाहले प्रहरीसँग झगडा गरेका छन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले रोकेपछि शुक्रबार साँझ नारायणगोपाल चोकमा उनी वादविवादमा उत्रिएका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा शाहले प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सुन्न सकिन्छ। प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको बेला उनले हात तान्दै ‘जान्नँ,जान्नँ’ भनिरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एकपटकका लागि ‘सम्झाएर’ छाडिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्